उच्च रक्तचापको समस्या जुनसुकै उमेर समुहमा

काठमाडौ,फागुन ९ l अहिले नेपालमा उच्च रक्तचाप जनस्वास्थ्यको एउटा साझा समस्या बनिसकेको छ।उच्च रक्तचापको समस्या अहिले जुनसुकै उमेर समुहमा पनि भईरहेको छ।परिर्वतित जीवनशैली,खानपान,मोटोपना र वंशाणुगत गुण,अति तनावपूर्ण जीवनशैली लगायत कारण उच्च उक्तचापको समस्या दिनप्रतिदिन बढ्दै गएको चिकित्सकहरु बताउछन्।
मुटुको धमनीको समस्याका कारण पनि उच्च रक्तचापको समस्या देखापर्ने गर्छ।तर,धेरै केसमा भने यसको कारण थाहा पाउन सकिएको छैन। सामान्यतया १४०/९० भन्दा बढी रक्तचाप भएको अवस्थालाई उच्च रक्तचापको समस्याका रूपमा लिन सकिन्छ।
उच्च रक्तचापको समस्या जुनसुकै उमेर समूहका मानिसमा देखापर्न सक्छ। सुरुवातकै चरणमा उच्च रक्तचाप भएको थाहा पाउन सकेमा यसको उपचार सम्भव छ।तर,मुख्य कारण बढी मात्रामा जंकफुडको सेवन गर्ने,अत्यधिक धूमपान तथा मद्यपान गर्ने,शारीरिक ब्यायमको कमि भएमा उच्च रक्तचापको समस्या देखापर्ने गर्छ।उच्च रक्तचापको स्टेज २ मा पुगेमा औषधिसमेत सेवन गर्नुपर्ने हुन्छ।औषधि सेवन गर्नुपर्ने अवस्थामा समेत औषधि नखाएमा उच्च रक्तचापका कारण मस्तिष्काघात तथा हृदयाघात हुन सक्छ र मानिसको मृत्यु समेत हुन सक्छ।
उच्च रक्तचापले मुटु, मस्तिष्क,आँखा,मृगौला,फोक्सो जस्ता विभन्न अंगहरुमा असर पुर्याउने गर्दछ।उच्च रक्तचाप सुरुकै अवस्थामा छ भने कतिपय घरायसी उपचार विधिबाट पनि यसलाई नियन्त्रण गर्न सकिन्छ भने चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ।यदि उच्च रक्तचापका कारण टाउकोबाट रक्तस्राव हुने, हृदयाघात हुनेजस्ता समस्या देखापरेमा शल्यक्रिया नै गर्नुपर्ने अवस्था समेत आउन सक्ने चिकित्सकहरु बताउछन्।
सामान्यतया रक्तचाप १२०/८० हुनुपर्छ। तर,यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने,तपाईलाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ।छिनछिनमा टाउको दुख्ने,रिँगटा लाग्ने,वाकवाकी लाग्ने ,हिँडडुल गर्न असहज हुनेजस्ता समस्या उच्च रक्तचापका कारण आउने गर्छन्।उच्च रक्तचापको प्रत्यक्ष असर आँखाको धमनीहरूमा पर्ने गर्छ।
आँखामा आउने समस्या तथा दृष्टिविहीन हुनुका विभिन्न कारणमध्ये उच्च रक्तचाप पनि एक रहेको चिकित्सकहरु बताउछन्।शरीरको तौल सन्तुलनमा राख्ने,शारीरिक व्यायाममा ध्यान दिने,मद्यपान तथा धूमपान नगर्ने,सकेसम्म चिल्लो तथा भुटेको खानेकुराको सेवन कम गर्ने गरेमा यसलाई नियन्त्रण गर्न सकिन्छ।