‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने अर्को पाट्टिकालाई नारा लगाउ भन्ने’-अध्यक्ष ओली

काठमाडौं फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल र प्रचण्डले एमसिसीमा दोहोरो चरित्र देखाउको बताएका छन् ।
सत्ता जोगाउन एमसिसी पेश गर्न सहमति दिने अनि फेरी कार्यकर्ता सडकमा ल्याउने भन्दैं ओलिले भने -, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने अर्को पाट्टिकालाई नारा लगाउ भन्ने, यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने ।’
दहचोहस्थित कालु पाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफैं सदनमा र आफैं सडकमा आएको भन्दै सत्तारुढ दलकै कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेको उनको आरोप लगाए ‘सरकारमा हुने क्रान्तिकारीहरुले बाटो भत्काएका छन् । ढुंगा हानेका छन्, इँट्टा हानेका छन् प्रहरी छ, कुटाइ खाएर भागेको छ २५ जना मान्छेले ढुंगा हानेको छ, डेढ सय पुलिस भागेको छ’