ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्थानीय तह निर्वाचनका लागि आयोगको तयारी तिव्र

काठमाडौं,फागुन ९ । सरकारले निर्वाचनको मिति बैशाख ३० गते तोकेसंगै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी तयारीका साथै आयोगसँग सम्बन्धित विषयमा तयारी तिव्र बनाएको बताएको छ।

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारीलाई तिव्रता दिएको छ। आयोगले मिडिया सेन्टरमा हरेक अपरान्ह ४ बजे प्रेस मिट गरेर आयोगको गतिविधिबारे दैनिक रुपमै ब्रिफिङ हाल गरिरहेको छ।आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगको आकलन छ।

आयोगले मतदाता नामावली अद्यावधिक भइरहेको जनाएको छ।आयोगले स्थानीय तह निर्वाचनका लागि फागुन ५ देखी १५ गतेसम्म दलदर्ता समेत सुरु गरिसकेको गरेको छ।यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।

गत निर्वाचनहरु १ वर्ष २ वर्षमा हुँदै आएका हुँदा बहुमतका सरकार समेत ढल्ने गरेका छन्।यसरी विज्ञका अनुसार संवैधानिक व्यवस्था अनुसार ५ वर्षमा निर्वाचन हुँनुपर्दछ र यसले खर्च पनि कम गर्छ।यसैको आधारमा सरकारले तयारी र हाल समेत आयोगलाई ९० दिनको समयसीमा रहेको हुँदा निर्वाचन समयमै हुने आयोगका पूर्व आयुक्त निलकण्ठ उप्रेती बताउनुहुन्छ। उहाँका अनुसार लोकतन्त्र बचाउन ठूलो जनधनको क्षती ब्यहोर्नुपरेको हुँदा यस्ता विषयलाई ध्यानमा राखेर संविधानको मर्म र भावनालाई धयानमा राखेर समयमै निर्वाचन गर्नुपर्ने बताउनुभयो।

उहाँले लोकतन्त्रको रक्षा गर्ने विकल्पनै निर्वाचन भएको हुनाले यसलाई निष्पक्ष बनाउन शान्ती सुरक्षालाई बलियो बनाउनुपर्ने, एमसीसी जस्ता विषयलाई निर्वाचनबाट अलग राखिनुपर्ने,आर्थिक पार्दर्शिता पनि कायम गरेमा लोकतन्त्रको पनि रक्षा हुने र देशको समृद्धिमा पनि यसले टेवा पुर्याउने र शान्ती सुरक्षा पनि नखलबलिने पूर्वा आयुक्त निलकण्ठ उप्रेतीले बताउनुभयो।उहाँले निर्वाचनमा प्राविधिक,आर्थिक,राजनीतिक कुनै विषय जोडन नहुने यदि जोडेमा यो दुर्भाग्य हुने बताउनुभयो।

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झण्डै एक करोड ८० लाख भन्दा धेरै मतदाता हुने आयोगले जनाएको छ। २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने आयोगको अनुमान छ।१६ वर्ष उमेर पूरा भएपछि मतदाता दर्ता गर्न सकिने छ।१८ वर्ष उमेर पूरा भएकाले मतदान गर्न सकिने व्यवस्था छ ।

३० वैशाख ०७९ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २४ माघ ०७८ भित्र मतदाता नामावलीमा नाम दर्ता गर्नेले मत हाल्न पाउने छन् देशभरका ७५३ स्थानीय तहमा एकसाथ हुने यस्तो निर्वाचन यसअघि नयाँ संविधानले परिकल्पना गरेको तीन तहको सङ्घीय संरचना बनेपछि २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *