देशभर ३८८ जनामा संक्रमण पुष्टि,४ जनाको मृत्यु

काठमाडौं फागुन ९ ।स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबिस घण्टामा देशभरबाट ८ हजार १ सय ४० वटा नमुना परीक्षणमा देशभर ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन्।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ९ सय २५ जना रहेका छन् । सोही अवधीमा कोरोना मुक्त हुने संख्या १ हजार २सय ५ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या ९ लाख ५२ हजार ५ सय ९९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार देशभर ११ हजार २ सय ८२ जना संक्रिय संक्रमित संख्या रहेका छन् भने क्वारेन्टिनमा १ सय ७ जना रहेका छन् । देशभर आसियुमा उपचारत १ सय ३९ जना र भेन्टिलेटरमा १९ जना रहेका छन्।