ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल क्यानडासंग भिड्दै, समुह बिजेता बन्ने लक्ष

काठमाडौं फागुन ९ ।आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार (आज) क्यानडासंग खेल्दैं छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने क्यानडा विरुधको खेलमा जित निकाल्दैं नेपाल समुह विजेता बन्ने योजनामा छ । नेपालले यस अघि समुहचरणका दुवै खेलमा जित हात पार्दै अंक तालिकाको शिर्ष स्थानमा छ ।

पहिलो खेलमा शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो । आजको खेल पैने ४ बजे हुदैं छ । आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।

सेमिफाइनलमा जित निकाले नेपाल छनोटको फाइनलसँगै अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोटमा हुनेछ । ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै, दुई खेलबाट दुई अङ्क जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अङ्क रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहिन फिलिपिन्स समूहको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *