ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललितपुरमा आज र भोलि बुस्टर डोज दिने

काठमाडौ,फागुन ९ l ललितपुर महानगरपालिकाले आजबाट १८ बर्ष माथिका नागरिकलाई २९ वटै वडा बाट बुस्टर डोज खोप दिँदैछ।महानगरले केही दिनअघि जारी गरेको सूचना अनुसार आज र भोलि महानगरका २९ वटै वडामा बुस्टर डोज खोप दिन लागिएको हो।

दोस्रो मात्रा लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज खोप दिइने महानगरले सूचनामा भनेको छ।खोप लगाउने बेला भएका सबैलाई खोप केन्द्रमा गएर खोप लगाउन महानगरले आग्रह गरेको छ । खोप बिहान १० बजेबाट ४ बजेसम्म दिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *