एमसीसी संसदमा टेबल भइरहदा नाराबाजि

काठमाडौ,फागुन ८ l अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भइसकेको छ।अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी पेश गरेका हुन्।
मन्त्री कार्कीले एमसीसी टेबल गर्दैगर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले पनि नाराबाजी गरेका समेत थिए
माओवादी केन्द्रका देव गुरुङसहितका नेताको विरोध तथा एमालेका भीम रावल,जनमोर्चाकी दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको विरोध हुँदाहुँदै एमसिसी पेश गरिएको हो।संसद बैठक फागुन १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।