ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकासामु लम्पसार परेर संसदमा एमसीसी टेबुल गरिएको आरोप

काठमाडौ,फागुन ८ l एमालेका नेता एवं सासद भीम रावलले सरकारमा रहेका दलहरुले अमेरिकासामु लम्पसार परेर संसदमा एमसीसी टेबुल गरिएको आरोप लगाएका छन्।

बुधबारको संसद बैठकमा उनले दलहरुबीच राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबुल गर्नु सार्वभौम जनता र सार्वभौम संसदको अपमान भएको बताए।त्यसैले तत्काल एमसीसी टेबुल गर्ने प्रस्ताव खारेज गर्न उनले माग गरे।

सांसद रावलले संघीय कानुन नबन्दै एमसीसी कुन ऐनकानुनको आधारमा संसदमा टेबुल भयो भनी सभामुखसँग प्रश्नसमेत गरे।उनले विदेशीको धाकधम्कीमा लम्पसार परेर एमसीसी संसदमा ल्याउनुले देश संविधानअनुसार चल्दैन भन्ने पुष्टि हुनेसमेत औंल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *