एमसिसी टेबुल गर्ने विषयमा हाम्रो असहमति देव गुरुङ

काठमाडौ,फागुन ८ l नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसिसीका सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक पर्ने बताए।संसदमा अवरोध भएको अवस्थामा एमसिसी जस्तो गम्भीर विषयमा छलफल हुन नसक्ने समेत जानकार दिए।
एमसिसी सदनमा पेश गर्ने सम्बन्धमा आफूहरुको असहमति रहेको बताउँदै उनले आफ्नो असहमति रहेको बताए।माओवादीका गुरुङ,जयपुरी घर्ती र रेखा शर्माले कार्यव्यवस्था परामर्श समितिको बैठकमा लिखित असहमति जनाएका थिए।
यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि विरोध गरेका छन्। संसद बैठक सुरु भए लगत्तै समय लिएर बोल्ने क्रममा उनले अमेरिकी सहयोगका नाममा देश विरोधी गतिविधि हुन लागेको बताएका छन्। एमसिसीमा रहेका अस्पष्टता स्पष्ट नपारी पारित गर्न नहुने उनले बताए।