बानेश्वर क्षेत्रमा आज पनि तनाव

काठमाडौं,फागुन ८ । अमेरिकी सहयोग परियोजना एमसिसीका वलाई लिएर सडमा प्रदर्शन जारी छ।एमसिसीका विरुधमा विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरुले एमसीसीको विरोधमा विरोध प्रदर्शनलाई जारी राखेका छन्।
काठमाडौंको माइतीघर,बबरमहल,नयाँ बानेश्वर, मीनभवन लगायतका स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन भएका हुन्।सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र वाइसिएलले संसद भवन नजिकै बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।माओवादीका विभिन्न घटकको समेत आन्दोलन रहदाँ बानेश्वर क्षेत्र तनाव ग्रस्त बनेको छ ।