ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर २६२ जनामा संक्रमण पुष्टि,४ जनाको मृत्यु

काठमाडौ,फागुन ८ l स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ९ हजार ८ सय १५ वटा नमूना परीक्षण गर्दा २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ९ सय २१ जना रहेका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संखया १ दशमलव ३ रहेको छ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा १ हजार ३ सय ३८ थपिएर हालसम्म निको हुने संख्या ९ लाख ५१ हजार ३ सय ९४ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९७ दशमलब ४ प्रतिशत हो।

देशभर संक्रिय संक्रमित संख्या १२ हजार २ सय ४४ जना रहेका छन्।भने क्वारेन्टिनमा १ सय १० जना रहेका छन्।देशभर आइसियुमा १ सय ३६ र भेन्टिलेटरमा १४ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *