कार्य ब्यवस्था परामर्श समितिमा एमसिसि संसदमा टेबल गर्ने सहमति भएपनि माओवादीका ३ नेताको लिखित असहमति

प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति रहेको जानकारी दिएका हुन् ।
आज विहान वसेको सत्ता गठवन्धन बैठकले एमसिसी पारित गर्ने जनाएपनि माओवादीका नेताहरुले असहमति जनाएका छन् ।