ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली कांग्रेसको ललितपुरको प्रवक्तामा सन्तोष राज केसी मनोनयन

काठमाडौ,फागुन ८ l नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बैठकले प्रवक्तामा सन्तोष राज केसी लाई मनोनयन गरेको छ। बैठकले विधान अनुसार विभिन्न शाखाहरू समेत गठन गरेको छ।

बैठकले अनुशासन समिति शाखाको संयोजकमा पार्टीको जिल्ला उपसभापति रहेका सुदर्शन घिमिरेलाई जिम्मेवारी तोकेको छ भने सदस्यहरुमा चक्र महर्जन र हरिहर कार्कीलाई मनोनयन गरेको छ।

त्यस्तै कोषाध्यक्षमा दिलमन खड्कालाई मनोनयन गरेको छ।कांग्रेसको विधान अनुसार निर्वाचित सदस्यहरू मध्येबाट कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान रहेको छ।खड्का नेपाली कांग्रेसको १४औं मा जिल्ला अधिवेशनमा सदस्य पदमा निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *