एमसिसीमा नेकपा एस लचक,संसदमा टेवल गर्न दिने निर्णय

काठमाडौं,फागुन ७ । नेकपा एकीकृत समाजवादी एमसिसीका विषयमा केही लचक बनेको छ।परिमार्जन विना कुनै हालतमा एमसिसी टेवल हुन नदिने दावी गर्दैं आएको समाजवादीले संसद खोल्ने सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको हो।
शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले संसद खुले पेश गर्न दिने निर्णय गरेको हो।समाजवादीका प्रवक्ता जगनाथ खतिवडाले बताएका छन्।तर,नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ।‘संसद अवरोध हट्नुपर्छ।एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ’, खतिवडाले भने।
उनलले थपे ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न।संशोधन नगरी हुन्न,’ खतिवडाले भने।एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ।