नेपालको सानदार जीत, फिलिपिन्स १ सय ३६ रनले पराजीत

काठमाडौं,फागुन ७ । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ।दोस्रो जित निकाल्ने क्रममा नेपालले फिलिपीन्सलाई १ सय ३६ फराकिलो रनले पराजित गर्यो
ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा फिलिपीन्सलाई पराजित गरेसंगै नेपाल सेमीफाइनल नजिक पुगेको छ।
पहिले ब्याटिङ गरेको नेपालले २ सय १९ रनको विशाल योगफत तयार पारेको थियो।तर फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्नदै दोस्रो पराजय भोग्यो।
फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७ र ड्यानियल स्मीथले २० रन बनाए पनि टोलीको हार टार्न सकेनन्।नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने गुल्सन झा,दिपेन्द्र सिंह ऐरी,कुशल मल्ल, अविनाश बोहरा,जितेन्द्र मुखियाले एक–एक विकेट लिए।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन जोड्यो।नेपालका लागि कुशल भुर्तेलले १ सय ४ रनमा अविजित रहे।कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का प्रहार गरेका थिए। कुशलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो।यस अघि उनले ७७ रन बनाएका थिए।
कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन्।यस्तै दिपेन्द्र सिंह ऐरीले ८३ रन जोडे।कुशल र दिपेन्द्रले नेपालका १ सय ७१ रनको किर्तीमानी साझेदारी समेत गरेका थिए।यस अघि पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो।