अन्तराष्ट्रिय हवाई उडानमा पिसिआर परीक्षण हटाउन- वायुसेवा संघको माग

काठ्माण्डौ फागुण ७ । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा संघले अन्तराष्ट्रियहवाई उडानमा पिसिआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ ।
कोरोना महामारीको सक्रमण दर घटेको र जोखिम कम रहेको भन्दै संघले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो। विश्वभरि नै कोभिड संक्रमण घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको संघको दाबी छ।
छिमेकि मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलकले हवाईयात्राका लागि पिसिआर परीक्षणको अनिवार्यता हटाइसकेकाले नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुने गरी पिसिआर परीक्षण र सिसिएमसीको फाराम भर्नुपर्ने प्रावधान तत्कालै हटाउन संघले सरकार समक्ष अनुरोध गरेको छ।