आइसिसी ग्लोबल छनोटमा नेपाल दोस्रो जितका लागि फिलिपिन्ससंग भिड्दैं

काठमाडौं फागुन ७ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको नेपाल दोस्रो जितको खोजिमा मैदान प्रवेश गर्दैं छ ।
अल अमेरात क्रिकेट मैदानमा आज ११:४५ बजे हुने नेपालको दोस्रो खेल शनिबार फिलिपिन्ससंग छ । नेपाल दोस्रो जितको खोजिमा हुदाँ फिलिपिन्स पहिलो जित निकाल्न चाहन्छ ।
पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो । भने नेपालले ओमानलाई हराउदैं दुई अंक जोडेको छ ।
यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।