फागुन ७ अर्थात प्रजातन्त्र दिवस, राष्ट्रप्रमुख र सरकार प्रमुखखको सन्देश

काठमाडौं फागुन ७ । आज फागुन ७ अर्थात प्रजातन्त्र दिवश, जहानिया राणा शासनको अन्त्य गर्दैं नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना भए दिन अर्थात २००७ साल फागुन ७ गते । प्रजातनुत्त्र दिवशको अवसरमा राष्ट्र प्रमुख तथा सरकार प्रमुखले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति विद्यादेवि भण्डारीले प्रजातन्त्र दिवसले नयाँ उर्जा र हौसला प्रदान गरोस भनि शुभकामना दिएकी छन् । भण्डारीले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गरेकी हुन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धीको मार्गमा अघि बढ्न प्रेरणा मिलोस भनि शुभकामना प्रकट गरेका छन् । पुनले प्रजातन्त्र दिवसले भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रीक मुल्यमान्यताबाट अघि बढ्न आग्रह गरेका छन् । देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । अब यी उपलब्धिलाई संस्थागत गरेर अघि बढ्न जरुरी रहेको उनको भनाई छ ।