विश्वकप ग्लोबल छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं,फागुन ६।आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालले आयोजक ओमानलाई हराउदैं विजयी सुरुवात गरेको छ।अलअमेरत क्रिकेट मैदानमा भएको पहिलो खेलमा घरेलु टोली ओमानलाई नेपालले ३९ रनले पराजित गरेको हो।१ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा समेटियो।
ओमानलाई सस्तोमा समेट्ने क्रममा नेपालका कमल सिंह ऐरीले तीन विकेट लिए भने कप्तान सन्दिप लामीछाने,दिपेन्द्र सिंह ऐरीले समान दुई दुई विकेट हात पारे।यस्तै अविनाश बोहरा जितेन्द्र मुखीयाले एक एक विकेट लिए। ओमानका लागि नसिम खुसीले २४ रन बनाए पनि टोलीको हार टार्न सकेनन्
त्यस पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो।नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे भने सन्दीप लामिछाने १६ रनमा अविजित रहे।यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५ र दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे।छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले भोलि फिलिपीन्सको सामना गर्नेछ।यस्तै तेस्रो खेल क्यानाडाविरुद्ध सोमवार खेल्नेछ।फाइनल प्रवेश गर्ने दुई टोली अष्ट्रेलियामा अक्टोबरमा हुने टी-ट्वान्टी विश्वकपमा छनोट हुनेछन् l