गठवन्धन टुट्ने गगनको संकेत,योगेश भन्छन्- गठवन्धन नै समस्याको जड

काठमाडौं,फागुन ६ । १४ सांसदको कारवाहीको माग गर्दैं लगातार संसद अवरोध गर्दै आएको नेकपा एमालेले शुक्रबारको संसद वैठकमा समेत अवरोध गर्यो।अमेरिकी सहयोग परियोजना एमसिसी टेवल हुने भनिएको आजको बैठक एमालेकै कारण स्थगित हुन पुग्यो।
एमसिसीका विषगयमा पर्ख र हेरको अवस्थामा रहेको एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका माथी समेत प्रश्न उठाउदैं आएको छ। एमालेले वर्तमान सत्ता गठवन्धन नै समस्याको मुल जड भएको भन्दैं यसको फुटको विकल्प नदेखिएको बताएको छ।उस्ले एमसीसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने एमालेका सचिव योगेश भट्टराईको भनाई छ।
त्यसो त एमसिसीको विषयधन भित्र सहमति जुट्न नसकेका कारण समेत बैठक प्रभावित भएको छ।पटक पटक निर्णायक छलफल गर्ने भनेपनि एमसिसीका विषयमा गठवन्धन एक ठाउँमा आउन सकेको छैन।गठवन्धन भित्रको नेकपा एकिकृत समाजवादीले एमसिसी परिमार्जन विना संसदवाट पारित हुन नदिने अडान कायम राखेको छ।संसदले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरु नै प्रभावित हुने नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको भनाई छ।
यसरी एमसिसीका विषयमा सत्ता गठवन्धन भित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा सत्ता गठवन्धनको ठूलो नेपाली कांग्रेसले गठवन्धन टिकाइ नरहने संकेत गरेको छ।राजनीतिक दलहरुका बिचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएको कांग्रेसले कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने संभावना कम्जोर रहेको कांग्रेस महामन्त्री गगन थापाको भनाई छ ।
यसरी सत्ता गठवन्धन भित्र किचलो सुरु हुदाँ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दलका अध्यक्षसंगको दुरी छोट्याएका छन्।यसरी प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासंग सहकार्य गर्ने खोज्दा गठवन्धनको संकट बढ्दो छ ।