एमसिसीको विरोधमा आज पनि प्रदर्शन

काठमाडौं फागुन ६ । संसदमा एमसिसी परियोजना टेवल गर्ने तयारी गरिरहदाँ विभिन्न राजनीतिक दल तथा तिनका भातृ संगठन विरोध प्रदर्शन गर्ने भएका छन् ।
माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा,मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलले विरोधको तयारी गरिरहेका छन् ।
त्यस्तै माओवादी केन्द्रका भातृ संगठन वाइसिएल तथा अनेरास्वियु क्रान्तिकारी त्यस्तै नेकपा एकिकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्वियूले समेत विरोधको कार्यक्रम सार्वजनीक गरेका छन् ।
बुधबार पनि विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको थियो ।एमसिसी संसदमा टेवल नगर्न माग गर्दैं सत्ता गठवन्धनका दलसहित विभिन्न राजनीतिकले बानेश्वरमा प्रदर्शन गरेका छन्।सोही क्रममा बानेश्वरमा पटक पटक झडप भएको हो।
एमसिसी परियोजना राष्ट्रिय हित प्रतिकुल भएको,नेपालको सार्वभौम भन्दाँ माथी भएको र पटक पट अमेरिकाले इन्डो प्यासेफिकर साझेधार भएको उल्लेख गरेको भन्दैं संसदमा टेवल हुन नदिने उनीहरुको अडान छ।