सत्ता गठवन्धनको छलफल आजपनि

काठमाडौं फागुन ६ । अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा छलफल सत्ता गठवन्धनको बैठक आज पनि बस्दैं छ । हिजो साझ बसेको गठवन्धनको बैठक विना निस्कर्ष टुंगिएपछि आज पनि पुन बस्न लागेको हो ।
आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल बिहान १० हुदैं छ ।
दलहरु आ-आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ । माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी संसोधन विना अघि बढाउन नसक्ने दावी गरिरहदाँ जनमोर्चा संसदमा टेवलमा गर्ने नहुन अडानमा छ।