विरोधका विच एमसिसी टेवल गर्ने तयारी

काठमाडौं फागुन ६ । लामो विवाद र विरोधका विच अमेरिकी सहयोग परियोजना एमसिसी आज संसदमा पेस हुन लागेको छ । एमिसीको चौतर्फी विरोधका विच सरकारले एमसिसी संसदमा टेवल गर्न लागेको हो । तर यो विचमा गठवन्धनमा पनि सहमति जुट्न सकेको छैन ।
एक बजे संसद सचिवालय बस्ने संसद बैठक पूर्वको पूर्व सन्धायामा कार्यव्यवस्था तथा परामर्स समितिको बैठकले एमसिसी कार्यसुची लैजाने तयारी भइरहेको जनाइएको छ ।
गठवन्धन भित्र नै चर्को विरोधका विच सरकारले एमसिसी टेवल गर्न लागेको हो । सभामुख अग्नी प्रसाद सापकोटा नै टेवल नगर्ने पक्षमा रहेपनि प्रधानन्याधीश चोलेन्द्द्र शमशेर जवरालाई महाअभियोग लगाउने विषयमा एमसिसी संसदमा टेवल गर्ने सहमति भएको बुझिएको थियो ।
तर यता गठवन्धनमा भने टकराव छ । हिजो साझ बसेको गठवन्धनमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीलाई भेटेका थिए ।