गठवन्धनमा एमसिसी सहमती नभएपछि प्रधानमन्त्री हानिए ओली निवास बालकोट

काठमाडौं फागुन ५ । अमेरिकी सहयोग परियोजा एमसिसीका विषयमा गठवन्धनमा सहमति हुन सकेको छैन । आज साझ ५ बजेबाट सुरु भएको गठवन्धनको बैठक केही अघिमात्र सकिएपनि दलहरु विच आ आफ्नो अडान कायम रहेपछि छलफल विना निष्कर्ष सकिएको हो ।
भोली संसदमा एमसिसी पेस गर्ने तयारी भइरहेका समयमा गठवन्धनभित्र छलफल भएको हो । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसिसी टेवल गर्न नहुने पक्षमा छ भने कांग्रेस जसरी पनि टेवल गर्ने पक्षमा रहेको छ ।
गठवन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुजसरी भएपनि एमसिसी टेवल गर्ने बताएपछि बैठक विना निष्कर्ष सकिएको हो । गठवन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट गएका छन् ।