सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२६ सर्वजनिक

काठमाडौ,फागुन ५ l बिहीबार स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रममा बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरेको हो।
रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१–२०२६ रणनीतिक योजना ल्याएको बताउनुभयो।यो रणनीतिक योजनाले एचआईभी सम्बन्धि सेवामा समावेशी , समतामूलक तथा पहुँच योग्य बनाउन सहयोग पुग्ने छ।
राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिकसँग आजदेखि कार्यान्वयनमा आएको सचिव गुरागाईंले बताउनुभयो।उनले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको समेत बताउनु भयो।
यो रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यमा सुधार ल्याउने ,एचआईभी संक्रमण न्युनिकरण ल्याउने लक्ष्य रहेको छ।