ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त

एजेन्सी,फागुन ५ l एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन् । उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ।

रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ।उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छिन्।तर,विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसहरूमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्।

बिरामीको उपचार गरिएको यो विषय गत मंगलबार डेन्भरस्थित एक चिकित्सा सम्मेलनमा प्रस्तुत गरिएको थियो। एचआईभीको उपचारमा यो विधि प्रयोग गरिएको पहिलो पटक सार्वजनिक भएको हो।
बिबिसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *