ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालका विभिन्न स्थानमा बर्ड फ्लूको संक्रमण

काठमाडौ,फागुन ५ l नेपालका विभिन्न स्थानमा पुनःबर्ड फ्लूको संक्रमण देखिएको छ।काठमाण्डौ चितवन लगायत स्थानका विभिन्न कुखुरा फर्मबाट लिइएको नमुना परिक्षणमा यो संक्रमण पुष्टी भएको हो।मानिसबाट मानिसमा नसर्ने भएपनि पंक्षीको सम्पर्कमा रहनेहरु उच्च जोखिममा पर्ने भएकोले सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ।

उच्च घातक मानिने ‘एच फाइब एन वान’ बर्ड फ्लू नेपालका विभिन्न ठाउँका कुखुरा फार्महरुमा देखिन थालेको छ।सन् १९९७ मा पहिलो पटक मानिसमा संक्रमण पुष्टी भएको बर्डफ्लू नेपालमा भने पहिलो पटक सन् २००९ मा देखा परेको थियो।वर्ड फ्लूका कारण सन् २०१९ मा नेपालमा पहिलो पटक एक युवाको मृत्यु भएको थियो।

पछिल्लो समय काठमाण्डौ र चितवनका विभिन्न कुखुरा फार्महरुमा बर्डफ्लुको संक्रमण पुष्टि भएको हो।काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३,चितवनको राप्ती नगरपालिका-६ स्थित फार्ममा पालिएका कुखुराको नमूना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो।एभिएन इन्फ्लुन्जा भाइरसको संक्रमण पंक्षीहरुमा हुने भएपनि हाल पुष्टि भएको एच फाइभ एन वानले मानिसहरुलाई पनि संक्रमण गराउन सक्छ।

ज्वरो आउने,सास फेर्न गाह्रो हुने,थकित महसुस हुने,घाँटि पेट र माशापेशी दुख्ने,खोकि लाग्ने,वान्ता हुने जस्ता लक्षण देखिए तथा निमोनिया भएमा परिक्षण गराउनु पर्ने चिकित्सकहरु बताउछन्।यो भाइरस मानिसबाट मानिसमा सहजै नसर्ने भएपनि पंक्षीको प्रत्यक्ष सम्पर्कमा आउनेहरु भने उच्च जोखिममा पर्ने हुनाले सतर्कता अपनाउन विज्ञको सुझाव छ।

बर्डफ्लु रोकथाम र नियन्त्रणका लागि पंक्षीहरु पालिएको खोर सधैं सफा गर्ने,खोरहरु सफा गर्दा मास्क,बुट र पन्जा लगाउने,साबुन पानीले हात धुने तथा संक्रमण भएमा चिकित्सकको परामर्श लिन चिकित्सकको सुझाव छ। हालसम्म यसका लागि छुट्टै औषधी उत्पादन नभएकोले लक्षण अनुसारको उपचार गरीने उनीहरुको भनाइ छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *