ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अन्तराष्ट्रिय सम्वन्ध मिलाउने पार्टी कांग्रेस मात्र हो: नेपाली कांग्रेस

काठमाडौं,फागुन ५।नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको विषयमा कांग्रेसको धारणा परिवर्तन नभएको बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ विमोचन कार्यक्रममा सभापति देउवाले एमसिसी पास हुनेमा विश्वस्वास व्यक्त गरेका हुन् ।

सोही कार्यक्रममा महामन्त्री गगन थापाले काँग्रेस आफूलाई विश्वास भएको कुरामा अडिग रहेको बताउदैं सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा नगर्ने बताए।उनले कांग्रेस अन्तराष्ट्रिय विश्वसनीयता कायम राख्ने लगायतका कुराको अडिक भएको भन्दैं गठवनधन भित्रका नेताहरुलाई फरक फरक धारणा सार्वजनीक नगर्न आग्रह गरे।

त्यस्तै कार्यक्रममा पुस्तकका लेखक तथा कांग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले अन्तराष्ट्रिय सम्वन्धको सन्तुलन गर्न सक्ने पार्टी कांग्रेसमात्र रहेको दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *