जोन्सोन एण्ड जोन्सोन खोप लगाएकाहरुले पनि बुस्टर डोज लगाउन मिल्ने

काठमाडौ,फागुन ५ l स्वास्थ्य मन्त्रालयले जोन्सोन एण्ड जोन्सोन खोप लगाएका नागरीकले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने बताएको छ।
विभिन्न जिल्लाहरुबाट जोन्सोन एण्ड जोन्सोन खोप लगाएकाहरुलाई के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै उनीहरुलाई पनि बुस्टर डोजको मात्रा लगाउन मिल्ने स्पष्ट पारेको हो।
जोन्सोन एण्ड जोन्सोन खोप लगाएका व्यक्तिहरुलाई पनि ६ महिनापछि उपलब्ध भएमा सोही खोप,नभए कोभिसिल्ड,अस्ट्राजेनेका,मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने सूचनामा उल्लेख छ।
कोभिड १९ विरुद्धको अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पुरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोजको मात्रा लगाउन मिल्ने मन्त्रालयले जनाएको छ।