बागमती प्रदेश सर्वदलीय बैठक :फागुन १६ मा प्रदेशसभा बैठक बस्ने

मकवानपुर,फागुन ५ l बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले यही फागनु १६ गते अपराह्न १ बजे प्रदेशसभाको ९औँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ।
सोही बैठकको निर्णय अनुसार प्रदेशसभाको बैठकअघि फागुन १५ गते अपराह्न १ बजेको लागि कार्यपरामर्श समितिको बैठक पनि आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन्।
उनका अनुसार, कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभाको बैठकको लागि कार्यसूचीमा विभिन्न विषय समावेश गर्ने तयारी भइरहेको छ। गठबन्धन सरकारले सिफारिस गरिएनुसार प्रदेशसभाका सभामुख श्रेष्ठले हिजै सर्वदलीय बैठकको आह्वान गरेका थिए।
उक्त सर्वदलीय बैठकमा सत्तारुढ गठबन्धन दलका साथै प्रमुख प्रतिपक्ष (नेकपा एमाले) संसदीय दलका नेतालगायत अन्य साना दलको प्रतिनिधित्व रहेको प्रदेशसभाका प्रमुख सचिव खड्काले जानकारी दिए।(रासस)