एमसिसीको विषयमा अन्तिम धारणा बनाउन गठवन्धनको बैठक बस्दैं

काठमाडौं,फागुन ५।अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा टुंगो लगाउन सत्ता गठवन्धनको निर्णायक छलफल आज हुदैं छ।बुधबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने भनिएपनि अन्तिम समयमा सरकार यसबाट पछि हटेको थियो।जस्मा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सडकमा छ।
दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो।बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो।
माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिएको छ।माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना यसलाई संसदमा लैजान नहुने अडानमा छन्।