ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्थानीय तह निर्वाचनका लागि आयोगले गर्यो दल दर्ताको आह्वान

काठमाडौं,फागुन ५।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरेको हो।

निर्वाचन आयोगले सूचना प्रकाशन गर्दैं फागुन १५ गतेसम्म दल दर्ताको निवेदन दिन आग्रह गरेको छ।दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र,नियमावली, झण्डा र चिह्नको नमूना,कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ l

राजनीतिक दलको विधानमा दलको नाम,झण्डा,छाप,चिह्न,कार्यालयको ठेगाना, सङ्गठनात्मक संरचना,सदस्यता प्राप्त र गुम्ने अवस्था,केन्द्रीय, प्रदेश र स्थानीय तहको विवरण,महाधिवेशनसम्बन्धी व्यवस्था,बैठक बोलाउने र निर्णय गर्ने कार्यविधिलगायतको व्यवस्था उल्लेख हुनुपर्ने व्यवस्था छ।

आयोगमा हाल करिब ११९ दल दर्ता कायम छ।विसं २०७४ को निर्वाचनमा भाग लिएका दलमध्ये स्थानीय तहमा तत्कालीन १८ दलको प्रतिनिधित्व थियो ।क बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *