ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दुई खेल बाँकी रहदैं मच्छिन्द्रले उचाल्यो ए डिभिजन उपाधि

फोटो: एन्फा

काठमाडौं फागुन ४ । दुई खेल खेल्न बाँकी रहदैं मच्छिन्द्र फुटवल क्लवले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै मच्छिन्द्रले  दुई खेल अगाबै उपाधी जितेको हो।  आजको खेलमा मच्छिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।

खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरेका हुन् । ११ खेलमा २९ अंक जोडेको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *