अब दुबई जान ६ घण्टा भित्रको र्यापिड टेस्टको रिपोर्ट नचाहिने

काठमाडौ,फागुन ४ l अब देखि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने भएको छ।नेपाल एयरलायन्सले मंगलबार सूचना प्रकाशित गरी ६ घण्टा भित्रको र्यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको छ।
उसले संयुक्त अरब इमिरेट्स परिवर्तिन नयाँ नियम अनुसार यसअघि कायम गरिएको नियम हटाइएको जनाएको छ।यद्यपि काठमाडौंबाट दुवई यात्रा गर्ने व्यक्तिले उडान समयको ४८ घण्टा भित्रको पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट देखाउनु पर्ने नियम भने कायम छ।
यसअघि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्यापिड पीसीआर टेष्ट गर्नु पर्ने थियो।त्रिभुवन अन्तरािष्ट्रय विमान स्थल परिसरमा आधा दर्जन बढी प्रयोगशालाहरुले ती सेवा प्रदान गर्दै आएका थिए।
