खोप छानवीन समितिले बुझाएको प्रतिवेदनमा हराएको खोप भन्दा बढी तंथ्याक

काठमाडौ,फागुन ४ l स्वास्थ्य सचिव डा रोशन पोखरेलले गत माघ ४ गते संसदको शिक्षा तथा स्वास्थ्य समितिमा कोरोना भाइरसको पछिल्लो अवस्था र खोपको प्रगतिबारे जानकारी दिने क्रममा २४ लाख खोपको तथ्यांक नभएको बताएका थिए।
उनले २४ लाख डोज खोप तंथ्याक बाहिर रहेको बताएपछि उनको भनाई विवादित बन्दै बन्दै गएको थियो।स्वास्थ्य मन्त्री विरोध खतिवडाले १५ दिन भित्र प्रतिवेदन दिने गरी माघ १६ गते सदस्यीय छानविन समिति गठन गरेको थियो।प्रमुख विशेषज्ञ डा गुणराज लोहनी संयोजक रहेको समितिले तोकिएकै समयमा प्रतिवेदन त बुझायो तर त्यसबाट खोप अभियानमा गम्भीर लापरवाही भएको समेत देखाएको छ।
सरकारले हराएको भनिएको कोभिडविरुद्धको खोपको खोजी भेटिनुपर्ने भन्दा झन् बढी मात्रा भेटिएको छ।यसले खोप अभियानमा गम्भीर लापरवाही भएको पुष्टि भएको छ l समितिले बुझाएको प्रतिवेदनमा हराएको मात्रा होइन बरु हुनु पर्ने खोप भन्दा ४ लाख ५५ हजार ३ सय ५५ डोज खोप बढी रहेको देखिएको छ।अझ् यसमा खेर गएको भनिएको ५६ हजार ९ सय ८ डोज खोप समेत जोड्ने हो भने ५ लाख १२ हजार २ सय६३ डोज खोप बढी भेटिएको छ।
समितिले प्रतिवेदनमा १० डोजको भाइलमा ११ डोज दिँदा यस्तो समस्या आएको बताएको छ । यसले कोभिडविरुद्धको खोप लगाउँदा मात्रा नमिलाई दिईने गरेको तथ्य समेत उजागर गरेको छ ।