ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालले उत्पादन गरेको क्यान्सर विरुद्धको औषधि पहिलोपटक बजारमा

काठमाडौं फागुन ४ ।  नेपालको पहिलो उत्पादन क्यान्सरको औषधि बजारमा आएको छ । टिजिग फार्मा प्रालिबाट उत्पादित  एन्टिक्यान्सर ड्रगको विक्री सुरु भएको हो ।

टिजिग फार्मा क्यान्सर विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार अहिले नेपाल भित्रै बिक्री बितरण गर्न विभागबाट तीनवटा मोलिक्यूलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । भने यो औषधि विदेशी बजारमा समेत पठाउने छ।

कम्पनीको उत्पादन विश्वस्तरकै रहेकाले विदेश निर्यात् हुने निर्देशक वैद्यले बताए । अहिले उत्पादन गरिएका एन्टीक्यान्सर औषधि ट्याब्लेट र क्याप्सुल रहेको छ । इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने योजना रहेको छ।

अहिले हामी मुखबाट खान मिल्ने औषधि ट्यावलेट र क्याप्सुल बनोटमा पठाएका छौं । हामी यति मै खुम्चिने होइन । इन्जेक्सन स्वरुपमा पनि जानेछौं, निर्देशक वैद्यको भनाइ छ ।।

एन्टिक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने उनिहरुको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *