ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजबाट खुल्ला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारणका लागि आज अर्थात फागुन ४ गते बुधबार देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणहरुका लागि छुट्याइएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।

लघुवित्तको आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओ निस्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *