मुस्ताङमा खेल र पर्यटनसंगै जोड्दै साहसिक खेल स्की

मुस्ताङ,फागुन ३ । सधै भरी पर्यटको भिड लाग्ने मुस्ताङ ! प्राकृतिक, सास्कृतिक,धार्मीक तथा पर्यावरणका हिसावले नेपालको सवैभन्दाँ उपयुक्त गन्तव्य हो।मंगलबार त्यही मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ रानीपौवाको सेताम्मे हिउँमा लागि स्की स्किन,स्की स्टिक,स्की बुट,स्नोबोर्ड लिएर मानिसहरु रमाइ रहेका थिए।
हिउँमा चिप्लेटी गरिरेका उनीहरुको खेल हेर्न सेताम्मे हिउँमा मानिसको उपस्थिती पनि उत्तिकै बाक्लो थियो।स्की एशोसियनको आयोजनामा भएको चौथो राष्ट्रिय स्की च्याम्पियनसीप प्रतियोगिताका कारण त्यो जमघट सम्पन्न भएको थियो।
२०१७ देखि प्रत्येक बर्ष राष्ट्रिय स्की च्याम्पियनसीप आयोजना गर्ने भनेपनि पछिल्ला दुई बर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन।तर कोरोना जोखिम न्युनिकरण हुँदै गईरहेको र नागरिकले कोरोना बिरुद्ध खोप लगाईसकेकाले स्की एशोसियसनले यसवर्ष मुस्ताङमा चौथो राष्ट्रिय स्की च्याम्पियनसीप आयोजना गर्यो।
पवित्र मुक्तिनाथको सेताम्मे हिउँ माथि भएको च्याम्पियनसीपमा विभिन्न विधमा सिनियर र जुनियर गरी ३१ जनाले आफ्नो साहसिक खेल प्रदर्शन गरेका थिए।जस्मा अल्पाईन स्की पुरुषतर्फ काठमान्डौंका साहसराम श्रेष्ठ च्याम्पियन बने।धनगढीका दिनेश कुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन गुरुङ तेश्रो भए।
अल्पाईन स्की महिलातर्फ नुवाकोटकी संगिता लामा च्याम्पियन बन्दँ ललितपुरकी देबोटा तिमाल्सिना र धनकुटाकी लक्ष्मी राई क्रमश दोस्रो र तेश्रो भए।प्रतियोगिता सञ्चालनका लागि स्की एशोसियनले ४ जना प्रशिक्षक र दुई जना अफिसियलको ब्यवस्थापन गरेको थियो।
सोही कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज बैधले हिउँमा खेलिने स्कीको माध्यमबाट टुरिजम र खेललाई एकैसाथ लैजान सके नेपालमा पर्यटनक्षेत्रको विकास पुर्याउने विश्वास व्यक्त गरे।त्यस्तै नेपाल स्की एशोसियनका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ मुस्ताङमा स्की खेलको भविष्य उज्वल रहेको नेपाल बताउदैं एशोसियनले बर्सेनि स्की च्याम्पियनसीप गर्दैआईरहेको उनले उल्लेख गरे।
नेपाल हिमालै हिमालको देश भएको र हिउँमा खेलिने खेल भएपनि नेपालमा स्की खेल अरु खेल भन्दा पछि परेको उनको भनाई थियो।उनले स्कीको दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नेपालीलाई हिमालसंग सम्वन्धित खेलको विकास गर्दै यहाको पर्यटनसंग जोड्ने स्की एशोसियनको लक्ष्य रहेको बताए।
मुस्ताङको मुक्तिनाथक्षेत्रमा झन्डै दुईसय मिटरको दुरीमा अल्पाईन स्की खेलाईएको थियो भने त्यसका साथमा क्रस कन्टी स्कीको अभ्यास गराइएको थियो।मुस्ताङमा स्की खेलको प्रर्वद्धन र विकास गर्न सके यहाँको बेमौसमे ब्यापार घाटा पूर्ती गर्न सकिने अनुमान गरिएको छ।