कोभिड १९ खोप अध्ययन समितिले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बुझायो प्रतिवेदन

काठमाडौ,फागुन ३l कोरोना विरुद्धको हराएको भनिएको २४ लोख खोप खोज्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।डा गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो।
खोपको बारेमा छानबिन गरी स्वास्थ्यमन्त्रीलाई उक्त प्रतिवदेन बुझाइएको समितिले बताएको छ ।उक्त प्रतिवेदन स्वास्थ्यमन्त्री खतिवडाले अध्ययन गरेपछि मात्र बाहिर सार्वजनिक गरिने छ।
हराएको भनिएको २४ लाख खोपको खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल,अनिल थापा, अभियान गौतम सदस्य र वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्य सचिवमा थिए।