चोलेन्द्रलाई बोक्ने मनसाय नभएपनि महाअभियोग निर्वाचन टार्ने मदालतलाई गिजोल्ने हिसावले आयो:प्रतिपक्षी एमाले

काठमाडौ,फागुन २ lप्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई बोक्ने एमालेको उदेश्य नभएपनि महाअभियोग गलत मनसायबाट आएको निस्कर्ष निकालेको छ।नेकपा एमालेको सोमबार बसेको संसदिय दलको बैठकले चोलेन्द्रलाई बोक्ने मनसाय नभएपनि महाअभियोग निर्वाचन टार्ने मदालतलाई गिजोल्ने हिसावले आएको निस्कर्ष निकालेको हो l
बैठकमा एमाले अध्यक्ष केपी ओलीले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको जनाएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।उनका अनुसरा अध्यक्ष ओलीले निर्वाचान सार्ने,एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको जनाएका थिए।
‘उहाँको अनगिन्ती कमजोरी देखिएको छ,उहाँप्रति चार्ज लागेको छ, हिजो परमादेश गराउने नेतृत्व उहाँले नै गर्नुभएको थियो,त्यसका बाबजुद महाअभियोग प्रस्ताव जुन बेलामा आयो,जसरी आयो,जे नियतले आयो त्यसमा आशंका हो’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने।यो विचमा एमालेले अन्य न्यायाधीशमाथी पनि महाअभियोग लगाउने तयारी गरेको जनाएपनि यो निर्णय भने गरेको छैन।