ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खोप लगाउन अब परिचय पत्र आवश्यक नपर्ने

काठमाडौ,फागुन २ l सरकारले खोप अभियानलाई तीव्र बनाईरहेको समयमा कोरोना विरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने भएको छ।स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आइडी कार्ड आवश्यक नपर्ने निर्णय गरेको हो।

कतिपयको परिचयपत्र नभएकै आधारमा हजारौं नागरिक खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले शुक्रबारको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको बताए।

परिचयपत्र नभएपनि अब योग्य नागरिकले खोप लगाउन सक्नेछन्। नागरिक,पासपोर्ट र मतदाता परिचय पत्र नहुँदा धेरै नागरिकलाई कोभिड संक्रमणम हुन सक्ने अवस्थालाई ख्याल गर्दै उक्त निर्णय भएको सह प्रवक्ता अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *