संसद पुन:स्थापित गराउने पाँच जना नै न्यायाधीश आउट हुदैं, एमाले चार न्यायाधीशलाई अविश्वासको प्रस्ताव दर्ता गराउदैं

काठमाडौं फागुन २ । प्रधानन्याधीश चवलेन्द्र शमशेर राणा विरुध सत्ता गठवन्धनले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रतिक्षी एमालेले अन्य चार न्यायाधीश माथी अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी सुरु गरेको छ ।
संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी थालेको हो । आज ११ बजेका लागि बोलाएको संसदिय दलको बैठकले न्यायाधीश विरुध महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी भएको हो ।
हिजो अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकले राणा विरुधको महाअभियोगको प्रस्तावको प्रतिवाद गर्ने जनाएको छ ।