जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको आइपीओ आज बाँडफाँड

काठमाडौ,फागुन १ l जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड भएको छ।बाँडफाँडमा ४८ हजार ७ सय ९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर प्राप्त गरेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बताएको छ।
उक्त सेयर माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको थियो।यो आईपीओमा हालसम्मकै उच्च २७ लाख भन्दा धेरै आवेदन परेको थियो।जसमा योग्य आवेदक २५ लाख ८७ हजार ४ सय १२ जनालाई गोलाप्रथामा सहभागी गराएर आईपीओ बाँडफाँड गरेको प्रभु क्यापिटलले जानकारी दिएको छ।लघुवित्तले ५ लाख २२ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।