ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अहिले कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने संख्या बढ्दो

काठमाडौ,फागुन १ l स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो चौबीस घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभरका विभिन्न प्रयोगशालामा गरीएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणमा ५ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा ‍३ हजार ९ सय ३५ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोनाका मुक्त हुने संख्या ९ लाख ३८ हजार ५ सय ८३ जना रहेका छन्। कोरोनाका कारण १० जनाले ज्यान गुमाएका छन्।हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या ११ हजार ८ सय ९२ रहेको छ।

सरकारले देशभरका १८ बर्ष माथिका सम्पुर्ण नागरीकलाई खोप उपलब्धताका आधारमा बुस्टर डोज दिन आग्रह गरेको छ।मन्त्रालयका अनुसार देशभर हाल २२ हजार ५ सय ८४ जना संक्रिय संक्रमित छन्।भने १ सय ८१ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा उपचारत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *