ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राणाले बुझे महाअभियोगको पत्र, सभामुख द्वारा सर्वदलिय बैठक आह्वान

काठमाडौं फागुन १ । धानन्याधीश चोलेन्द्रशमशेर राणाविरूद्ध दर्ता भएको महाअभियोग प्रस्तावको सूचना संसद सचिवायलले प्रकाशन गरेको छ ।

सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का सांसदहरुले आइतवार संसद सचियालयमा दर्ता गराएको महाअभियोग प्रस्ताव दर्ताको सूचना प्रकाशन गरेको हो । त्यस्तै सचिवालयले प्रधानन्यायाधीश राणाविरूद्ध महाअभियोग दर्ता भएको जानकारी विभिन्न ठाउँमा पठाएको छ।

सचिवालयले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषदलाई पत्र लेख्दै सचिवालयले राणामाथि महाअभियोग दर्ता भएको जानकारी दिएको हो। यहि पत्रका आधारमा प्रधान्याधीश राणाले सर्वोच्च पुगेर महाअभियोगको पत्र बुझ्नु भएको छ ।

उता प्रधानन्याधीशलाई महाअभियोग दर्ता गराएपछि सभामुख अग्नी सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलिय बैठक बोलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *