माओवादीले जनयुद्ध सुरु गरेको २७ बर्षमा पुन पूर्वमाओवादी एकताको बहस

काठमाडौं फागुन १ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि त्तकालिन माओवादीले जनयुदद्ध सुरु गरेको थियो । माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा सोही फागुन १ गते जनयुद्ध दिवस मनाउने गर्दछ । २०५२ सालमा सुरु भएको सशस्त्र युद्ध २०६२-६३ को जनआन्दोलनसंगै सकिएको थियो ।
२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भए पनि त्यतिवेलाका युद्धका सहयात्री भने अहिले फरक फरक स्थानमा छन् । प्रचण्ड नेकपा एमाले एमालेसंग पार्टी एकिकरण गरेर पुन माओवादी अलग बनाई तेसैको नेतृत्वमा छन् ।
जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीको अध्यक्ष भएका छन्। मोहन वैद्य ‘किरण’ ले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन् ।
यसरी पूर्वमाओवादीहरु फरक फरक अस्तित्वमा भएका समयमा प्रचण्डले पुन पूर्व माओवादी एक ठाँउमा हुनु पर्ने प्रस्ताव पटक पटक राख्दैं आएका छन् । आज जनयुद्घको अवसरमा समेत प्रचण्डले पूर्व माओवादी एक हुन प्रस्ताव गरेका छन् ।