ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली रेल आजबाट सञ्चालन, केही दिन विना यात्रु कुदाइने

काठमाडौं फागुन १ । जनकपुरमा रहेको नेपाली रेल आज भारतको जयनगर फर्कदैं छ । १८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा राखिएको रेल विना यात्रु रेल कुदाउन लागिएको छ ।

बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम पुग्ने  र कुर्था पुगेर पुनः जयनगर फर्किने छ । रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले झन्डै १० दिनसम्म विना यात्रु  रेल कुदाइने र त्यसपछि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल रेल उद्घाटन गर्ने योजना छ ।

रेल संचालनका लागि विभागले ५९ जना कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको छ । जस्मा २६ जना त भारतिय छन् ।

रेल संचालनका लागि तीन जना स्टेशन मास्टर, १० जदा टिकट सेलर, २ जना टिटीलाई नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *