‘ए’ डिभिजन लिगमा मनाङ र थ्रिस्टार १-१ को बराबरी

काठमाडौं माघ २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले एक एकको वरावरी खेल्दैं अक बाडेका छन् ।
दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले एक एक गोल गर्दैं अंक बाढेका हुन् । रोमाञ्चक खेलमा मनाङका वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले ६२ औं मिनेटमा गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर मनाङले उक्त अग्रतालाई १० मिनेट पनि जोगाउन नसक्दाँ अंक बाढ्न बाध्य बन्यो । थ्रि स्टारका ऋतिक खड्काले ७१ औं मिनेटमा गोल गर्दैं टिमलाई हारबाट बचाएका थिए ।
यो बरावरीसंगै मनाङ २० अंक सहित दोस्रो स्थानमा छ । यदि आजको खेल जितेको भए मनाङ मच्छिन्द्रसंग अंक कम गर्न सक्थ्यो ।
तेस्तै थ्रि स्टार पनि १७ अंक सहित तालिकाको चौथो स्थानमा कायम रहेको छ ।