ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गत हप्ता भन्दाँ २ अर्ब २१ करोड कमको कारोवार

काठमाडौं,माघ २९।यो साता नेपालशेयर बजार सकारात्मक बनेन।सोमबार एक दिन मात्र बढेको शेयर बाकीँ ४ दिन ऋणात्मक बन्यो।जस्का कारण साताभर शेयर बजार ७५ दशमलव १८ अंकले बजार घट्यो।

गत साता २ हजार ८ सय ७६ दशमलव ७४ विन्दु सकिएको कारोवार साता २ हजार ८ सय १ दशमलव ५६ विन्दुमा झरेको हो।आईतबार ४० दशमलव ५७ अंकले घटेको नेप्से परिसूचक सोमबार १५ दशमलव ७१ अंकले बढेको थियो।त्यस्तै,मंगलबार १६ दशमलव ३० अंक,बुधबार २२ दशमलव शून्य ६ अंक र बिहीबार ११ दशमलव ९६ अंकले नेप्से परिसूचक घट्यो।

गतसाता २६ अर्ब ६६ करोडभन्दा बढी रकमको कारोबार भएकोमा यो साता २ अर्ब २१ करोडभन्दा कम रकमको शेयर कारोबार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *