ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमणदरमा कमि भएपनि मृत्युदर बढ्दै

काठमाडौ,माघ २९ l पछिल्लो समय कोभिड संक्रमण दरमा कमि आएपनि मृत्युदर नघट्नु चिन्ताको विषय भएको विज्ञहरुले बताएका छन। ओमिक्रोनसँगै डेल्टाको संक्रमण र खोप नलगाएका ब्यक्तीहरुमा जटिल समस्या देखिएको मृत्युदरमा कमि नआएको उनीहरुको भनाइ छ।

विश्वभर फैलिरहेको ओमिक्रोन संक्रमण नेपालमा पनि माघको पहिलो साताबाट तीव्र रुपमा फैलिएको थियो।ओमिक्रोन संक्रमण फैलिएसँगै नेपालमा दैनिक १३ हजार सम्म संक्रमित थपिए।माघ ५ देखि १२ गतेसम्म परिक्षणमा संक्रमणदर ५० प्रनिशतको हाराहारीमा रहेको थियो।त्यसपछि संक्रमणदर न्यून हुदै अहिले परिक्षणको १० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ।यो तथ्यांकले संक्रमण घट्दै गएपनि जोखिम कम नभएको विज्ञहरु बताउछन।

संक्रमण दर घट्दै गएपनि पछिल्ला दिनमा मृत्युदर भने उच्च नै रहेको छ। कुनै बेला शून्यमा झरेको मृत्यु हुनेको संख्या हाल दैनिक १० देखि १५ जनाभन्दा बढी पुगेको छ।माघको दोस्रो साताबाट संक्रमण दर घटे पनि कोरोनाका कारण मृत्यु हुने संख्या घट्न नसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले पुष्टि गर्छ।अहिले मृत्युदर बढ्नुमा संक्रमण फैलावट र नियन्त्रणको अवस्थामा कमि भएपनि संक्रमित भएर जोखिममा रहेका मानिसहरु अस्पतालमा उपचार गरिरहेका भएर मृत्युदरमा कमि आउन नसकेको मन्त्रालयको भनाई छ।

संक्रमणदर घटेपनि जोखिम कायमै रहेकोले ज्येष्ठ नागरिक,दीर्घ रोगी, प्रतिरोधि क्षमता कम भएका मानिसहरुले उच्च सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *